News

बारामा ट्रक र टयांकर जुध्दा दुईको मृत्यु

बारामा ट्रक र टयांकर जुध्दा दुईको मृत्यु
वैशाख – १४ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकास्थित अमलेखगञ्ज वडा नं. २२ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने भने ७ जना घाइते भएका छन् । हेटौडातर्फबाट आइरहेको लु १ ख ९५८५ नम्बरको ट्रक र पथलैयातर्फबाट गइरहेको ना ५ ख ११०७ नम्बरको ट्यांकर एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्यांकर चालक हरि विश्वकर्माकाे घटना स्थलमै मृत्यु भएको हो भने ट्रक चालकको उपचारका क्रममा मृत्यु भएको स्थानीय राघवेन्द्र शाहीले बताए । ट्रक चालकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । सह—चालक निर्मल तमाङ लगायत ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । विहीबार बिहान करिब ६ बजे दुर्घटना भएको र घाइतेहरुको उपचार हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

road accident

विशेष