विदेश

श्रीनगरमा सामाजिक सञ्जाल प्रतिवन्धकाे भाेलिपल्ट तीन सैनिककाे मृत्य

श्रीनगरमा सामाजिक सञ्जाल प्रतिवन्धकाे भाेलिपल्ट तीन सैनिककाे मृत्य
श्रीनगर—भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा सामाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिन पछाडि भएको हो। सैनिक प्रवक्ता राजेश कालियाले भारत र पाकिस्तानको सीमा क्षेत्रनजिकै रहेको कुप्वादा जिल्लामा बिहान सवेरै भएको घटनामा परी दुई आक्रमणकारीको पनि मृत्यु भएको बताए। भारत-पाकिस्तान सीमामा वर्षौंदेखि तनाब हुँदै आइरहेको छ। भारतले आफ्नो भूभागमा करिब पाँच लाख भारतीय सैनिक तैनाथ गरेको छ। सन् १९४७ मा बेलायती शासनको अन्त्य भएपछि भारत पाकिस्तान सीमा छुट्टिएको थियो। यी दुबै देशले सो र क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन्। गत सेप्टेम्बरमा उरी सैनिक शिविरमा भएको आक्रमणमा १९ जना भारतीय सैनिकको मृत्यु भएको थियो। एएफपी

विशेष