News

राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचानका लागि स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचानका लागि स्वीकृति प्रदान
वैशाख  १४ । अासन्न स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् । विहीबार राष्ट्रपति भण्डारीले निर्चानलार्इ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अाग्रहमा सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । उनले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन् । उनी नेपाली सेनाकाे सेनाध्यक्षसमेत हुन् ।

bidhya devi bhandari

विशेष