विदेश

टर्कीमा ९ हजार प्रहरी अधिकारी निलम्बित

टर्कीमा ९ हजार प्रहरी अधिकारी निलम्बित
वैशाख - १४ । टर्कीमा बुधबार राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतंककारी संगठन (एफइटिओ)सँग आवद्ध भएको आशंकामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका छन् । सरकारी अनाद्लु समाचार समितिले जानकारी अनुसार बुधबार (हिजो) बिहान सबेरै टर्की प्रहरीले देशभरी गरेको कारबाहीको क्रममा एक हजारभन्दा बढी एफइटिओका सदस्य पक्राउ परेका टर्कीज गृह मन्त्रालयले जानकारी दिएको छ । सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी विदामा रहेको बेला कूको प्रयास असफल भएको थियो । ‘कू’ को प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले नियन्त्रणमा लिएर त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो । यस कूको प्रयास गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्चस्तरीय व्यापारीलयागात हजाराैँको संख्यामा टर्कीका नगरिक पक्राउ परेका थिए । एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कू’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेत गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरीसकेको छ । टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतंककारी संगठन (एफइटिओ)को संलग्नता रहेका आरोप लागेको थियो । अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि सरकारले आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको आरोप छ । तर, गुलेन र उनी सम्बद्ध धार्मिक संगठनले उक्त असफल ‘कू’ प्रयासमा कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । सिन्ह्वा

Turkey

विशेष