भारतद्वारा मध्य दूरीकाे अाणविक क्षेप्यास्त्र परीक्षण

वैशाख - १४ । भारतले बिहीबार मध्यम दुरीको आणविक क्षमताको अग्नी तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ। उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परिक्षण गरिएको भारतीय श्रोतले जनाएको हो।
सो परमाणु शक्ति ३ हजार किलोमिटर दुरीमा प्रहार गरिएको थियो। अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको श्रोतले बताएको छ। राज्यद्धारा सञ्चालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ।
यसको तीन हजार किलोमिटर सम्म १.५ टन वजन बोक्न सक्ने क्षमता रहेको छ। अग्नी द्वितीयको क्रमानुयायीका रूपमा विकास गरिएको अग्नी तृतीयमा अत्याधुनिक एवम् परिस्कृत विमान, पथप्रदर्शक नियन्त्रण प्रणाली लगायत यात्राका समय पछिल्लो समय विकास भएको कम्प्यूटर प्रणालीको प्रयोग गरिएको बताइएको छ। सिन्ह्वा
India