News

निर्वाचनको जानकारी कलसेन्टर मोबाइल एपबाट

निर्वाचनको जानकारी कलसेन्टर मोबाइल एपबाट
वैशाख १५– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई प्रविधि मैत्री बनाउन कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । आयोगले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थानीय निर्वाचन सम्बन्धी जिज्ञासालाई समाधान कलसेन्टर र मोबाइल एप्प शुभारम्भ गरेको जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मोवाइल एप्पबाट मोवाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवतरण, मत परिणाम लगायतका विभिन्न १० विषयमा जानकारी पाउन सक्ने बताए । एप्पबाट निर्वाचन सम्बन्धी जानकारीहरु नेपाली र अग्रेजी दुवै भाषामा सरलरुपमा पाउन सकिने छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कलसेन्टर र मोवाइल एप्प सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारबालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्वरबाट तत्काल प्राप्त हुने छ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्वरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुन आयोगले जनाएको छ । इसीएन एप्प आयोगको वेभसाइट, मोवाइलको प्लेस्टोर वा एप्पल मोवाइलको एप्प स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिने छ ।

nirbachan aayog

विशेष