News

४७ दिन हिउँमा फसेर बाँच्न सफल ताइवानी युवा लियाङले मनाए जन्मदिन

४७ दिन हिउँमा फसेर बाँच्न सफल ताइवानी युवा लियाङले मनाए जन्मदिन

वैशाख १५ । मृत्युलाई जित्न सफल ताइवानी युवक लियाङ सिङ युनले शुक्रबार आफ्नो २२औं जन्मदिन मनाएका छन् । धादिङको तिप्लिङस्थित रुबी भ्यालीमा हिउँमा चिप्लिएर ४७ दिनसम्म बेपत्ता भएर पनि बाँच्न सफल लाइङले शुक्रबार ग्रान्डी अस्पतालमा २२औं जन्मदिन मनाएका हुन् । उनले जन्मदिन मनाउने रहर देखाएपछि राजधानीस्थित ग्रान्डी अस्पताल प्रशासनले शुक्रबार एक कार्यक्रम गरी उनको जन्मदिन भनाएको हो । उनले केक काटेर जन्मदिन मनाउँदै ठोस खानेकुरा खान सुरु हुन् । ताइवानी नागरिक लाइङलाई जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम तामाङ ग्रान्डी अस्पताल धापासी पुगेका थिए । ताइवानी युवक लाइङ र उनको केटी साथी लेउ चेनचुन गत फागुन २६ गते रुबी भ्याली घुमेर लाङटाङ घुम्ने योजनासहित तिप्लिङ पुगेका थिए । उच्च हिमपातका कारण चिप्लिएर रुबी भ्यालीको खोंचमा खसेका उनीहरुले निकै कस्टका साथ मृत्युलाई जित्न संघर्ष गरेको र त्यसमध्ये केटी साथी लेउ चेनचुनको भने मृत्यु भएको थियो ।

विशेष