विदेश

पाकिस्तानको हिन्दू मन्दिरमा तोड्फोड, तीन पक्राउ

पाकिस्तानको हिन्दू मन्दिरमा तोड्फोड, तीन पक्राउ

वैशाख – १० । पाकिस्तानको दक्षिणी सिन्ध क्षेत्रमा रहेको एक हिन्दू मन्दिरमा तोडफेड भएको छ । कराचीबाट करिब ६० किलोमिटर दूरीमा रहेको थट्टा जिल्लाको हिन्दू मन्दिरमा सो घटना भएको हो । मन्दिरका देवी देवताका मूर्तिहरु पनि तोडफोड भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । मूर्तिका केही टुक्राहरु नजिकैको खोल्सामा फालिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना अज्ञात व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाई भगवानको निन्दा र आतंकवादको मुद्दा चलाइएको छ । मन्दिरका पूजारी पार्सद लाल मेहेश्वीले आफू राति अबेरसम्म मन्दिरमा रहेको बताए । उनले उक्त घटना राति १ बजेबाट विहान ५ बजेका बीचमा भएको हुनसक्ने प्रहरीलाई बयान दिएका छन् ।

विशेष