News

निर्वाचन अायाेग भन्छ, निर्वाचनकाे बीचमा बजेट ल्याउनु अाचार संहिता विपरित

निर्वाचन अायाेग भन्छ, निर्वाचनकाे बीचमा बजेट ल्याउनु अाचार संहिता विपरित
वैशाख - १६ । निर्वाचनको बीचमा बजेट ल्याउन निर्वाचन आयोगले रोक लगाएको छ । निर्वाचन आयोगको शनिबारको बैठकले दुई चरणको निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु अचारसंहिता विपरित हुने ठहर गर्दै बजेट ल्याउन रोक लगाएको हो । आयोगले निर्वाचनको बीचमा बजेट ल्याउनु आचारसंहिता अनकुल नहुने ठहर गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र बाणिर्क बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचार संहिता अनुकुल नहुने र दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गर्ने ।’ आयोगले फागुन १८ गतेबाट जेठ गतेसम्म नै आचारसंहिता लागू हुने बताएको छ । सरकारले बैशाख ३१ गते र चेठ २१ गते गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । त्यस्तै जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रवाधान छ । आयोगले सुरुमा निर्वाचन प्रभावित नपार्ने गरी बजेट ल्याउन सक्ने बताएपनि प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ती जनाएपछि निर्वाचनका बीचमा बजेट ल्याउन रोक लगाएको हो ।

nirbachan aayog

विशेष