विदेश

फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प, कैयौं भवन क्षतिग्रस्त

फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प, कैयौं भवन क्षतिग्रस्त

वैशाख - १६ । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)काअनुसार भूकम्प ६.८ म्याग्निच्यूडको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् । भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४ः२३ मा आएको थियो । यस भूकम्पको केन्द्रबिन्दू मिन्दानाओ द्विपको वरपरको इलाकामा ४१ किलोमिटर गहिराइमा रेहको युएसजीएसले जानकारी दिएको छ । यसअघि, गत अप्रिल १२ मा मध्य मिन्दानाओ प्रान्तमा आएको ६।० म्याग्निच्यूडको भूकम्पको कारण कैयौं भवन क्षतिग्रस्त भएका थिए । त्यसैगरी, गत फेब्रुअरीमा मिन्दानाओ प्रान्तको सुरिगाओ सहरमा आएको ६।५ म्याग्निच्यूडको भूकम्पमा परी ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५० जना घाइते भएका थिए । गत महिना आएको ५.९ म्याग्निच्यूडको भूकम्पमा परी एक व्यक्तिको मृत्यु भएको थियो । एएफपी  

विशेष