अमेरिकी महिला जासूललाई चिनियाँ अदालतद्वारा सजाय माफ


वैशाख - १६ । जासूसी गरेको आरोपमा पक्राउ परेकी अमेरिकी महिला व्यवसायीलाई चिनियाँ अदालतले रिहा गरिदिएको छ । चिनियाँ अदालतले अमेरिकी व्यवसायी महिला सेन्डी फान गिलिसलाई जेल मुक्त गर्ने आदेश दिँदै अमेरिका जाने दिने निर्णय गरेको हो । मंगलबार भएको सुनावाइमा अदालतले सेन्डीलाई सोढ तीन वर्षको सजाय सुनाएको थियो । तर, सेन्डीले अदालतमा मुद्दा दायर हुनु पूर्व नै दुई वर्ष सजाय भोगिसकेकोले उनको बाँकी सजाय माफ गर्दै अमेरिका जाने आदेश दिएको हो । भियतनाममा जन्मेकी सेन्डी २०१५ मा अमेरिकाको टेक्ससबाट चीन भ्रमणमा आउँदा पक्राउ परेकी थिइन् । उनी चीन भ्रमणमा आउँदा अमेरिकी व्यापार प्रतिनिधिमण्डलकी एक सदस्य थिइन् । सेन्डीका श्रीमान् जेफ गिलिसले १९९६ मा पनि सेन्डीलाई चीनले अमेरिकी गुप्तचर विभाग एफबीआईका लागि जासूसी गरेको आरोप लगाएको बताए । उनले आफ्नी श्रीमतीमाथि चीन लगाएको आरोप ‘हास्यास्पद’को संज्ञा दिएका थिए । America China