News

संविधान संशोधनका लागि ४७ संशोधन प्रस्ताव दर्ता, संख्या बढ्न सक्ने

संविधान संशोधनका लागि ४७ संशोधन प्रस्ताव दर्ता, संख्या बढ्न सक्ने
वैशाख - १६ । व्यवस्थापिका-स‌सद्‍मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ। संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा शनिबार साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा ९ (एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिए। संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उनले बताए। दर्ता भएका संशोधन प्रस्ताव के-कस्ता विषयमा कति छन् भनेर आइतबार मात्रै यकीन हुने र सोको आवश्यक प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ। सहायक प्रवक्ता रिजालका अनुसार प्रतिपक्षी दलबाट बढी संशोधन आएको छ।

BICC

विशेष