News

गुल्मीकाे खजुरे सामुदायिक वनमा भिषण आगोलागी, अागाे गाउँ पस्दा तीन घर जलेर नष्ट

गुल्मीकाे खजुरे सामुदायिक वनमा भिषण आगोलागी, अागाे गाउँ पस्दा तीन घर जलेर नष्ट
गुल्मी १६ बैशाख, इस्मा गाउँपालिका २ को खजुरे सामुदायिक वनमा भिषण आगोलागी भएको छ । शनिवार दिउसो १ वजेतिर वनमा लागेको आगो एक्कासी २ बजेतिर गाउँ पसेको थियो । जसका कारण इस्मा गाउँपालिका २ का नर बहादुर कुवंरको घरगोठ, साम बहादुर कुमाल र राम बहादुर कुमालको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरमा भएका अन्तपात, लत्ता कपडा लगायतका सवै सामाग्री जलेर नष्ट भएपछि पीडित छिमेकीको आश्रय लिएर बसेको स्थानीयबासी समेत रहेका पत्रकार अनिल खत्रीले बताए । अत्यधिक गर्मी र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको थियो । जिल्ला प्रहरी कार्यालय, स्थानीय, जिल्ला वन कार्यालयको टोलीले दिनभर आगो नियन्त्रण लिने प्रयास गरेको भएपनि आगो नियन्त्रण हुन सकेका थिएन । साझँपख पानी परेपछि भने आगालागि नियन्त्रणमा आएको जिल्ला बन कार्यलय गुल्मीले जनाएको छ ।

Fire

विशेष