विदेश

अमेरिकी राष्ट्रपतिले सय दिन मनाउंदै, विरोधी भन्छन् बाटोबाट हट्

अमेरिकी राष्ट्रपतिले सय दिन मनाउंदै, विरोधी भन्छन् बाटोबाट हट्

वैशाख १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको सय दिन पुग्दैछ ।

यसै अवसरमा अमेरिकामा ट्रम्पका विरोधीहरुले सडक तताउन थालेका छन् । राजधानी वासिंटनसहित विभिन्न सहरमा ट्रम्पविरोधी नारा गुञ्जिएका छन् । हजारौं प्रदर्शनकारीहरुले उनको विरोधमा नारा लगाएका हुन् ।

प्रदर्शनकारीहरुले जलवायु परिवर्तको विषयमा ट्रम्पको नितीलाई लिएर पनि विरोध गरेका छन् । उनीहरुले ट्रम्पलाई बाटोबाट हट्न भनेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि सञ्चारमाध्यम माथि खनिएका छन् । पेन्सेल्भेनियामा आयोजित र्यालीमा उनले सञ्चारमाध्यममा आफ्नाबारेमा गरिएका आलोचना पत्रकारसँग साइनो नै नभएको भन्दै आक्रोस पोखेका हुन् ।

ट्रम्पले ह्वाइट हाउसमा आयोजित संवाददाताको डिनर मिटिङमा आफू सहभागी नहुने समेत जनाएका छन् । सन् १९८१ मा रोनाल्ड रेगनपछि यस्तो वार्षिक कार्यक्रममा सहभागी नहुने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

पदभार ग्रहण गरेको सय दिनका अवसरमा आयोजित र्यालीमा उनले कार्यकालको सय दिन निकै उत्साहजनक र रचनात्मक भएको जिकिर गरे ।

Trump

विशेष