News

तपाईको शरीरको कुन भागमा कोठी छ ? यस्ता छन् रहस्य

तपाईको शरीरको कुन भागमा कोठी छ ? यस्ता छन् रहस्य
वैशाख १७ । मानिसका शरीरका कुनै न कुनै भागमा कोठी भेटिने गरिन्छन् । शरीरका विभिन्न भागमा भएका ती कोठीका पनि आफ्ना छुट्टै विशेषता रहेका छन् । स्थानअनुसार कोठीले मानिसको भाग्यलाई दर्शाउँछ । ज्यातीषशास्त्रका अनुसार शरीरका यी भागमा कोठी हुने मानिसहरुका विशेषता र भाग्य यस्ता छन् । १) नाकमा कोठी — नाकमा कोठी हुने मानिसहरु निकै नखरा गर्ने स्वभावका हुन्छन् । तर उनीहरुको मन निकै कमलो र साँचो हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो जीवनमा निकै प्रगती गर्छन् । प्रगती गर्न समय लागेपनि उनीहरु जीवनको उच्च स्थानमा पुग्न सफल हुन्छन् । २) हत्केलामा कोठी — ज्योतिषका अनुसार, जो मानिसको हत्केलामा कोठी हुन्छ, ती व्यक्ति भाग्यमानि हुन्छन् । विशेषगरि कोठी मुट्ठीभित्र पर्छ भने ती व्यक्ति भाग्यमानि दारिन्छन् । यी व्यक्तिको जीवनयापन निकै राम्रो तरिकाले हुन्छ भने उनीहरु धनवान् पनि हुन्छन् । यस्ता मानिसलाई विवाह पछि ससुराली या घरमा पनि निकै मान सम्मान मिल्ने गर्छ । ३) चिउँडोमा कोठी — चिउँडोमा कोठी हुनुलाई शुभ संकेत मानिन्छ । ज्योतिषका अनुसार यस्ता मानिसहरुको बिग्रेको काम पनि सप्रिने सम्भावना हुन्छ । उनीहरुको दाम्पत्य र प्रेम जीवन पनि सफल हुने बताइएको छ भने यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् । ४) पिठ्यूँमा कोठी — पिठ्यूँमा कोठी हुने मानिसहरु निकै रोमान्टिक हुने बताइन्छ । उनीहरु घुमफिरका पनि निकै शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् र उनीहरुलाई सन्तानले पनि माया गर्ने बताइन्छ । यसकासाथै उनीहरु सबैसँग सुखी हुन सक्छन् । यस्ता मानिसहरु धन जोगाउन भन्दा खर्च गर्नेतिर लाग्छन् । ५) गालामा कोठी — गालामा कोठी हुने मानिसहरु आफ्नो कार्यक्षेत्रमा प्रभाव जमाउन सफल हुन्छन् । यस्ता मानिसहरुको धनमा पनि उल्लेख्य वृद्धि हुने बताइन्छ ।

विशेष