राजनीति News

कार्की विरुद्धको महाअभियोगबारे माओवादी र कांग्रेसमाथि खनिए बाबुराम

कार्की विरुद्धको महाअभियोगबारे माओवादी र कांग्रेसमाथि खनिए बाबुराम
वैशाख १७ । एक पछि अर्को गर्दै महाअभियोग प्रस्तावबारे विभिन्न राजनीतिक दलले चर्को टिप्पणी गर्दै आएका छन् । सामाजिक सञ्जालमा आक्रोश पोख्दै अर्का नेता बाबुराम भट्टराईले पनि आफ्नो धारणा पोखेका छन् । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टराईले कांग्रेस र माओादीले लोकतन्त्रलाई असुरक्षित बनाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले लेखे, ‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त ? महाभियोगको हतियार यसरी दुरुपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित ?’ महाअभियोगको प्रावधानलाई दलहरुले नै दुरुपयोग गरे लोकतन्त्र असुरक्षित हुने संकेत गर्दै उनले उक्त ट्वीट लेखेका हुन् ।

baburam bhattarai

विशेष