News

फेसबुकमा कुलमान घिसिङ बचाउ अभियान सुरु

फेसबुकमा कुलमान घिसिङ बचाउ अभियान सुरु


पोखराः पछिल्लो समय एलइडि बल्बको विवादको खण्डन गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ भावुक बनेपछि सामाजिक सञ्जालमा युवाहरु क्याम्पिन नै सुरु गरेका छन् । पोखराबाट एकजना युवाले कुलमान घिसिङ बचाउ अभियान नै सुरु गरेर युवाहरुको आवाजलाई एकठाउँ पारिरहेका छन् ।

तपाईलाई कुलमान किन चाहिन्छ ? कुलमान रहदा तपाईको ब्यक्तिगत र ब्यवसायिक जीबनमा के असर परेको छ आफ्नो फेसबुकमा लाइभ अथबा भिडियो रेकर्ड गरेर पोष्ट गर्नुस् भन्दै आह्वान गरिरहेका छन् ।

अब सरकार फेरिने सम्भावना अति प्रबल छ र नयाँ सरकारले कुलमानलाई पदमा राख्ला कि नराख्ला भन्ने पीर र मनाशयले अहिले बाटै यूवा लगायत विभिन्न ब्यक्तिहरुले फेसबुक सामाजिक सञ्जालबाट घिसिङ नहटाओ अभियान सञ्चालन गरेका हुन् ।

हजारौ मानिसहरुले उक्त अभियानमा साथ दिइरहेका छन् भने धेरै भन्दा धेरै ब्यक्तिहरुले कुलमानको पक्षमा आफ्नो बिचार लेख्दै भिडियो पोष्ट गरिरहेका छन् ।

" target="_blank" rel="nofollow noopener noreferrer">

विशेष