विदेश

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिलाई बधाईको लहर

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिलाई बधाईको लहर

सोल : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिएको छ ।

जापान, चीनलगायतका देशका नेताहरुले उनलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त ग‍रेका छन् । जापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनका वरिष्ठ सञ्चार सचिवले जानकारी दिएको छ ।

कुराकानीका क्रममा उनीहरुले विगतमा दुई देशकाबीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गरेको छ ।

त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यसअवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताएको छ।

नवनिर्वाचित राष्ट्रपति मूनलाई अन्य देशका नेताहरुले पनि टेलिफोनमार्फत् बधाई दिने क्रम चलिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सिन्ह्वा

 

दक्षिण कोरिया मून जाए इन बधाई

विशेष