News

काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता

काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता

वैशाख २८ । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी परिचालन गरेर तीन तहको सुरक्षा घेरा निर्माण भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए ।

उनका अनुसार अग्रभागमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा निर्वाचनस्थलबाट अलि टाढाको दूरीमा नेपाली सेना रहनेछ ।
“सबै क्षेत्र नै संवेदनशील छन्, खासगरी विप्लव समूहको निर्वाचन विरोधी गतिविधिलाई कडा निगरानी गरेका छौँ”, प्रजिअ शिङखडाले भने ।

उनले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वका पाँचजनालाई पक्राउ गरिएको उल्लेख गर्दै अन्य कार्यकर्तामाथि पनि निगरानी भइरहेको बताए ।

जिल्लामा नेपाल प्रहरीको एक हजार १००, सशस्त्र प्रहरीको करिब ५५०, म्यादी प्रहरी करिब एक हजार ७६, नेपाली सेनालगायत सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचनमा सहभागी भएका सबै कर्मचारीको सुरक्षाका लागि पनि सोही अनुसारको सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । सरकारले पहिलो चरणअन्तर्गत आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्दै छ ।

विशेष