News

मतदाता परिचयपत्र वितरण आजबाट सुरु, के तपाईंले लिनुभयो ?

मतदाता परिचयपत्र वितरण आजबाट सुरु, के तपाईंले लिनुभयो ?

वैशाख २८ । आज (बिहिबार) बाट निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

३१ गते आइतबार पहिलो चरणको निर्वाचनमा प्रदेश नंबर ३, ४ र ६ मा मतदान हुँदै छ । त्यसको ठिक तीन दिन अघिबाट मतदाता परिचय पत्र वितरण गर्न सुरु भएको हो ।

स्थानीय तहको मतदान केन्द्रहरुबाटै मतदाता परिचयपत्र वितरणको व्यवस्था मिलाइएकाे छ । परिचयपत्रमा फोटोसहित बाहकको नाम, जन्ममिती, नागरिकता नंबर र जिल्ला, बाबु आमाको नाम, पति पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्रसमेत खुलाइएको छ ।

परिचयपत्रको सुरक्षाको प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङजस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको हुन्छ । जसका कारण परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै छुट्याउन सकिनेछ ।

voters id card

विशेष