News

६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा आचारसंहिता उल्लङ्घन

महेन्द्रराज सिंह

६२ सञ्चारमाध्यमका ११५ वटा सामग्रीमा आचारसंहिता उल्लङ्घन

काठमाडाैँः स्थानीय तहको निर्वाचनको मौन अवधिमा ६२ सञ्चार माध्यमका ११५ सामाग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको प्रेस काउन्सीले जनाएको छ । सामाजिक सञ्चाल फेसबुकबाट पोष्ट गरिएका १० उल्लङ्घनका उजुरी परेका छन् ।

‘बैशाख १५ देखि २०७४ बैशाख २८ गतेसम्मको अबधिमा छापातर्फ ३४ माध्यममा ६६ सामग्री, बिद्युतीयतर्फ १८ अनलाइनका प्रकाशित÷प्रसारित २५ सामग्री, ५ वटा टेलिभिजनका १२ सामग्री र ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ,’ काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले भने– ‘पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लघंन गर्ने छापा ३, रेडियो ५, टेलिभिजन ५ वटाको तुरुन्तै एलर्ट गरिएको छ ।’

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्ष नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमा अनुरुप विज्ञापन प्रकाशन÷प्रसारण नभएको, निर्वाचनसंगसम्वन्धि सभा, सम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको काउन्सिले जनाएको छ । निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले गुणात्मक अनुगमन प्रणालीको दैनिकरुपमा र संख्यात्मक अनुगमनको साप्ताहिकरुपमा निर्वाचन आयोगलाई रिपोर्टिङ् गर्दै आएको छ ।

Press Council Nepal

विशेष