News

निर्वाचन अनुगमन गर्न उच्चस्तरीय टोली गठन

निर्वाचन अनुगमन गर्न उच्चस्तरीय टोली गठन

काठमाडाैँः राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

नागरिक समाजका प्रतिनिधि संलग्न रहेको उक्त टोलीमा पूर्व प्रधानन्यायाधीश तथा आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व निर्वाचन आयुक्त प्राडा वीरेन्द्र मिश्र, प्राडा सूर्य ढुङ्गेल तथा अधिवक्ता मीरा ढुङ्गाना रहेकाे आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी गराए । यसअघि आयोगले अधिकृतस्तरको अनुगमन टोली स्थानीय तहमा खटाइसकेको छ । उनले टोलीले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने बताए। 

अनुगमन

विशेष