राष्ट्रपतिद्वारा दक्षिण कोरियाली राजदूतमा सिंह नियुक्त

राष्ट्रपतिद्वारा दक्षिण कोरियाली राजदूतमा सिंह नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूतमा पौवागढी–८, बझाङ निवासी अर्जुनजङ्गबहादुर सिंहलाई आज नियुक्त गरेकी छन्।

त्यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

संम्बधित खबर

विशेष