विदेश

छोरीलाई कब्रबाट खोजी गरी निकाल्ने महिलाको गाेली हानी हत्या

छोरीलाई कब्रबाट खोजी गरी निकाल्ने महिलाको गाेली हानी हत्या

मेक्सिकाेः आफ्नी छोरीको अपरहणपछि हत्याको अनुसन्धान गर्ने महिलाको नामले चर्चित बनेकी मेक्सिकोको व्यवासायी महिला तथा मानवअधिकार कार्यकर्ता मिरियम रोड्रिग्ज मार्टिनेजको हत्या भएको छ । उनले ६ सय पीडित परिवारको अगुवाइ गर्ने क्रममा उनी छोरीको अपहरण पछि हत्या भएको थियो ।

स्थानीय ड्रग्य माफिया जेटाजले उनी छोरी कैरेन अलेजान्द्रालाई २०१२ मा अपहरण गरी हत्या गरेको हो । मारियाले यस घटनाको जाँचका लागि आफैँले अगुवाइ गरिन । अन्ततः उनले आफ्नी छोरीको लाश एक गोप्य कब्रबाट खोजेर निकाल्न सफल भइन् ।

तर, १० मेका दिन मारियालाई अज्ञात हमालाकारीले गाली हानी मादिएका छन् । यो दिन यहाँ मदर्स डे मनाईदै थियो । मिरियाको जाँचका आधारमा छोरीको हत्या गर्ने ग्यांगका केही सदस्यलाई जेल सजाय सुनाइएको थियो ।

मार्च महिनामा जेलबाट ग्यांगको एक सदस्य जेलबाट फरार भएको थियो । त्यसपछि मिरियालाई धम्की आउन थालेको थियो । त्यसपछि उनले प्रहरी सुरक्षाको माग गरेकी थिइन् । प्रहरीले उनको मागलाई वेवास्ता गदिएको थियो । उनको हत्या बत्यही समूहले गरेको हुन सक्ने प्रहरीले प्रराम्भिक अनुमान गरेको छ ।

हत्या

विशेष