News

राष्ट्रपति भण्डारी श्रीलंका आज जाँदै, यस्तो छ भ्रमणको तालिका

राष्ट्रपति भण्डारी श्रीलंका आज  जाँदै, यस्तो छ भ्रमणको तालिका


वैशाख २९ । राष्ट्रपति विद्यादेवी भण्डारी बुद्धपूर्णिमाका अवसरमा हुने कार्यक्रममा सहभागी हुन आज श्रीलंका भ्रमणका लागि प्रस्थान जांदै छन् ।

भण्डारी थाइल्यान्ड हुँदै शनिबार श्रीलंका पुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैंककस्थित ग्रान्ड प्यालेसमा राष्ट्रपति भण्डारीले दिवंगत थाई नरेश भूमिबोल अदुल्यादेजप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी बुद्धपूर्णिमाका अवसरमा श्रीलंकाको क्यान्डीमा आइतबार हुने संयुक्त राष्ट्रसंघीय भेसाक सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निमन्त्रणामा श्रीलंका जान लागेकी भण्डारी र राष्ट्रपति सिरिसेनाबीच भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।

उनले क्यान्डीस्थित बुद्ध मन्दिरमा पूजाअर्चना गर्ने कर्यक्रम रहेको छ ।  राष्ट्रपतिमा नियुक्त भएयता भण्डारीको यो दोस्रो विदेश भ्रमण हो । यसअघि वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गरेकी थिइन ।

भ्रमण दलमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपतिका विदेश मामिलाविज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका पदाधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारी संलग्न रहने छन् । राष्ट्रपति भण्डारी नयाँदिल्ली हुँदै मंगलबार स्वदेश कार्यक्रम रहेको छ ।

 

विशेष