विदेश

भारतमा १ सय ८८ यात्रु बोकेको विमान आकस्मिक अवतरण, यस्तो छ कारण

भारतमा १ सय ८८ यात्रु बोकेको विमान आकस्मिक अवतरण, यस्तो छ कारण


वैशाख २९ । नयाँ दिल्लीबाट बैककका लागि उडेको जेट एयरवेजको विमान महाराष्ट्रमा आकस्मिक अवतरण गरेको छ ।

१ सय ८० यात्रु र ८ जना विमान कर्मचारी सहित बैंककका लागि उडेको जेट एरवेजको विमान नाइन डब्लु ७० विमानको पखेटामा समस्यामा आएका कारण आकस्मिक अवतरण गरेको हो ।

उक्त विमानमा रहेका सबै यात्रु सकुसल रहेको विमानद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ । यसको थप विवरण आउन बाँकी रहेको र २४ सै घण्टा खुल्ला रहने र थप विवरण सार्वजनिक गर्दै जाने विमानले जनाएको छ ।

विशेष