करेन्ट लागेर पाँच वर्षीया बालिकाको मृत्यु

झापा । करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी पाँच वर्षीया बालिका जिया बाँस्कोटा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बालिकालाई दिउँसो ४ः३० बजे करेन्ट लागेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
घरमा कोही नभएको समयमा बालिकालाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर घाइते बनेकी उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालिकाको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
current