नुवाकोटः खुकुरीसहित उम्मेद्वारका छोरा पक्राउ

नुवाकोटः खुकुरीसहित उम्मेद्वारका छोरा पक्राउ

नुवाकोटः नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ । 

माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक वटा खुकुरी र तीन वटा फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए ।

तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेको बेला नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले पक्राउ गरेर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

संम्बधित खबर

विशेष