News

स्थानीय तह निर्वाचनः काठमाडाैंको सबै तयारी पूरा

स्थानीय तह निर्वाचनः काठमाडाैंको सबै तयारी पूरा

काठमाडौं । आइतबार हुने काठमाडाैं जिल्लाका स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले एक महानगर र १० नगरपालिकामा आइतबार हुने निर्वाचनको तयारी पूरा गरिएको जानकारी दिए । उनका अनुसार सबै नगरपालिकाकाले निर्वाचन सामग्री लगिरहेका छन् ।

‘‘टाढा रहेका सबै नगरपालिकाले निर्वाचन सामग्री लगिसकेका छन्’’उनले भने, ‘‘नजिकका टोखा, बूढानीलकण्ठ मात्र बाँकी रहेका छन् । साँझसम्म सबैले लैजान्छन् ।’’ सम्बन्धित नगरपालिकाका निर्वाचन अधिकृतले बिहीबारदेखि नै मतपत्र र मतपेटिका लगिरहेका छन् ।

काठमाडाैं जिल्लामा काठमाडौँ महानगरपालिकासहित नागार्जुन, शंकरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिका छन् ।

जिल्लामा छ सय ८७ मतदान केन्द्र छन् । त्यसमध्ये महानगरकाका ३२ वडामा मात्रै तीन सय ४० मतदान केन्द्र रहेका छन् । जिल्लामा पाँच लाख ५९ हजार चार सय मतदाता छन् भने महानगरपालिकामा दुई लाख ७९ हजार ३१६ जनाले मतदान गर्दैछन् ।

कामपामा एक सय ५९ पदका लागि कुल आठ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाबाट कुल ७१२ जना निर्वा्चित हुनेछन ।

चुनाव

विशेष