चुनावको मुखमा पोखरामा शंकास्पद वस्तु निष्क्रिय
पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको सभागृह चोकमा आज(शनिबार) बिहान राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारिएको छ ।
झोलाभित्र शंकास्पद वस्तु राखेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई निष्किय पारेपछि हेर्दा प्रेसर कुकुर र बिजुलीको तार भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।