भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा - प्रमुख निर्वाचन अायुक्त यादव

भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा - प्रमुख निर्वाचन अायुक्त यादव
काठमाडाैंः निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने निर्वाचन लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।
 
शनिबार पत्रकार सम्मेलन गर्दे आयोगले निर्वाचनको तयारी पुरा भईसकेको भन्दै निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वानसमेत गरेको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले मतदाताले नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि उनले आग्रहसमेत गरे ।
 
आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म पहिलो चरणकाे स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै निर्वाचनमान १ सय ६० महिला र १ सय ६९ पुरुष गरी ३ सय २९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान गर्दै छन् ।

संम्बधित खबर

विशेष