व्यापार

अायातित अाैषधि महंगाे पर्ने गरेको सझाव समितिकाे निष्कर्ष, विदेशी औषधि आफैं खरिद बिक्री गर्ने सरकारको निर्णय

अायातित अाैषधि महंगाे पर्ने गरेको सझाव समितिकाे निष्कर्ष, विदेशी औषधि आफैं खरिद बिक्री गर्ने सरकारको निर्णय

काठमाडौँ: स्वास्थ्य मन्त्रालयले अनुगमनका लागि खटाएको सुझाव समितिले आयातित औषधि महँङ्गो पर्ने गरेको प्रतिवेदन बुझाएपछि सरकारले औषधि खरिद बिक्री आफैंले गर्ने निर्णय गरेको छ ।

सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सिधैँ खरिद गरी सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा सरकारले आफैँले औषधि खरिद गरी बिक्री गर्दा ५० प्रतिशतसम्म सस्तो पर्ने उल्लेख छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुझाव समितिले आत्मनिर्भर हुनसकिने औषधिमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्वयन गर्ने निर्णय भएको बताए। उनले भने, 'स्वदेशी औषधि उद्योगलाई प्राथमिकता दिँदा औषधिको मूल्य सस्तो हुनुपर्ने, पर्याप्त गुणस्तरको हुनुपर्ने र नेपाली उद्योगको सिन्डिकेट तथा एकाधिकार हुन नदिने विषयमा पनि मन्त्रालय गम्भीर रहेको छ ।’

नेपाली बजारमा बिक्री हुँदै आएका क्यान्सर, मिर्गौला लगायत रोगका औषधि दुई हजार २०० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री हुनेगरेको तथ्य फेला परेको मन्त्रालयको दाबी छ । अहिलेसम्म स्वदेशी कतिपय औषधि विदेशीभन्दा महङ्गो हुने गरेकोमा खपत बढ्न थालेपछि स्वदेशी पनि सस्तो हुने मन्त्रालयको विश्वास छ ।

मन्त्रिपरिषद्को गत मङ्गलबारको बैठकले औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा खरिद बिक्री गर्न सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गरिसकेको छ ।

समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेस गर्ने मन्त्रालयले जनाएको छ । सरकारको कुनै निकाय वा अहिले भइरहेको खरिद इकाइ मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधि खरिद गर्ने मन्त्रालयको योजना छ । यसरी खरिद गरी बिक्री गर्दा बिरामीले ५० प्रतिशतसम्म सस्तोमा औषधि प्राप्त गर्ने बताइएको छ ।

नेपालमा औषधिको उत्पादन निजीस्तरमा केमी ड्रग प्रालि २०२६ सालमा स्थापना भएपछि सुरु भएको थियो । सरकारीस्तरमा २०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भएपछि सुरु भएको थियो । सुझाव समितिका अनुसार अहिले ४९ वटा औषधि उद्योग, आठवटा पशुपक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । आयाततर्फ २९४ आधुनिक औषधि उद्योग, १३ बटा पशुपक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेदिक औषधि उद्योग दर्ता छन् ।

आव २०७२र७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६५, भारतीय उत्पादनको ५२५ र अन्य मुलुकको २५ रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी औषधि आयातकर्ताले भने सरकारको यस्तो कदम सफल नहुने चेतावनी दिएका छन् । उनीहरुले स्वदेशी औषधि र उद्योगलाई प्रोत्साहन गर्ने नाममा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । अत्यावश्यक औषधि आयात ठप्प पार्ने चेतावनी दिँदैँ नेपाल औषधि आयातकर्ता सङ्घले आन्दोलनको घोषणा समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय

विशेष