News

निर्वाचनको सुरक्षार्थ झण्डै ६८ हजार सुरक्षाकर्मी परिचालन, अत्यावश्यक अवस्थामा सेनासमेत खटाइने

निर्वाचनको सुरक्षार्थ झण्डै ६८ हजार सुरक्षाकर्मी परिचालन, अत्यावश्यक अवस्थामा सेनासमेत खटाइने

वैशाख ३० । गृह मन्त्रालयले आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको जनाएको छ । मन्त्रालयले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि ६७ हजार ९ सय १६ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरे । गृहमन्त्री निधिले मतदानस्थलहरुलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर छुट्याइएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारीसमेत दिए ।

मन्त्रालयले २२ हजार ५ सय ७५ नेपाल प्रहरी, १७ हजार ३ सय ५६ सशस्त्र प्रहरी परिचालन गरेको छ । यस्तै, ३ सय ८३ राष्ट्रिय अनुसन्धान विभागबाट र २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ । शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न अत्यावश्यक अवस्थामा नेपाली सेनालाईसमेत खटाइनेछ । मन्त्रालयले सुरक्षाकर्मीले मतदाता सुरक्षाका लागि हवाईगस्ती र पैदलगस्ती गर्ने पनि जनाएको छ ।

 

विशेष