News

प्रधानमन्त्री प्रचण्ड मतदान गर्न भरतपुरमा

प्रधानमन्त्री प्रचण्ड मतदान गर्न भरतपुरमा
चितवनः अाइतबार हुन लागेकाे स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड पौने पाँच बजे बुद्ध एयरको उडानबाट भरतपुर पुगेका हुन् ।
 
प्रचण्ड शनिबारको रात भरतपुरको चौविस कोठीमा रहेको होटल ग्लोबलमा बिताने छन् । उनी भरतपुर महानगरपालिकाको वडा नम्बर–४ का मतदाता हुन् । उनले लंकुको लक्ष्मी उच्च माविको मतदान केन्द्रमा अाइतबार विहान सात बजे मतदान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्ड आइतबार नै काठमाडौं फर्किने कार्यक्रम छ।

पुष्पकमल दाहाल प्रचण्ड

विशेष