News

नवलपरासीमा दुई हजार सात सय सुरक्षाकर्मी परिचालन

नवलपरासीमा दुई हजार सात सय सुरक्षाकर्मी परिचालन

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये प्रदेश नं ४ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन भएका हुन् ।

जसअनुसार नेपाली सेना चार सय ७५, नेपाल प्रहरी आठ सय, सशस्त्र प्रहरी पाँच सय, नौ सयको सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा पर्ने नवलपुर क्षेत्रमा आठ वटा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा तीन वटा गाउँपालिका पहाडी क्षेत्रमा पर्दछन् भने चार वटा नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्दछन् ।

स्थानीय तहको निर्वाचन नवलपरासी सुरक्षाकर्मी

विशेष