चुनाव विथोल्न खोज्नेलार्इ गृहसचिव रेग्मीले दिए यस्तो चेनावनी

चुनाव विथोल्न खोज्नेलार्इ गृहसचिव रेग्मीले दिए यस्तो चेनावनी

भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृहसचिव लोकदर्शन रेग्मीले बताएका छन् । साथै निर्वाचन विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने उनले चेतावनी दिए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृह सचिव रेग्मीले निर्वाचनका लागि देशभर सुरक्षाको बलियो सञ्जाल बनाइएको बताए । उनले भने, ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाइनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ ।’

मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको र क्लष्टरका अनुसार प्रहरी र सशस्त्रको मोबाइल टिम, स्ट्राइक टिम खटाइएको उनले बताए । नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने र अतिसंवेदनशील स्थानमा हवाइजहाजमार्फत सेनालाई खटाइने सचिव रेग्मीले जनाए ।

गृहसचिव रेग्मीले मत हाल्न आउँदादेखि मत हालेर घर फर्किदासम्म मतदातालाई सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए । उनले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ ।’

उनले विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए । गृह सचिव रेग्मीले भने, ‘उनीहरुलाई हामी हदैसम्म कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ ।’ उनका अनुसार हालसम्म निर्वाचन विथाेल्न खाेज्ने १ सय ७० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

संम्बधित खबर

विशेष