News

यातायातका साधनमाथिको प्रतिबन्ध साँझ सात बजेबाट फुकुवा

यातायातका साधनमाथिको प्रतिबन्ध साँझ सात बजेबाट फुकुवा

काठमाडाैंः निर्वाचनका लागि यातायातका साधनमा लगाइएको प्रतिबन्ध साँझ सात बजेबाट फुकुवा हुने भएको छ। निर्वाचनको दिन भनेर आयोगले आइतबार बिहान ५ बजेदेखि निर्वाचन हुने क्षेत्रमा यातायातका साथन चलाउन रोक लगाएको थियो।

निर्वाचनका दिन सवारी अनिवार्य हुने प्रेस, पर्यटक, अस्पतालसहितका अत्यावश्यक क्षेत्रलाई समेत निर्वाचन आयोग र स्थानीय प्रशासनको तर्फबाट जारी पासका आधारमा मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरेको थियो।

साँझ पाँच बजे मतदान सकिने भएकाले आयोगले सात बजेदेखि यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान सकिएपछि यातायातका साधन संचालन गर्न दिने निर्णय भएको छ। 'मतदान सकिएपछि यातायातका साधन संचालन गर्न दिने निर्णय भएको छ। साँझ सात बजे पछि सबै यातायातका साधनहरु निर्वाध रुपमा संचालन हुनेछन्,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने।

विशेष