विदेश

परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै भारतमा १२ विद्यार्थीद्वारा आत्महत्या

परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै भारतमा १२ विद्यार्थीद्वारा आत्महत्या

नयाँदिल्लीः भारतमा उच्च मध्यमा परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै तीन दिनको अवधिमा १२ विद्यार्थीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परीक्षामा  सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्ने मध्ये तीन जना एकै परिवारकासमेत छन् । भारतको सात्ना जिल्लाको छतरपुर, गुना, इन्डोर, बालाघाट, ग्वालिएर, टिकाम्गार्हा, भिन्द, जवालपुर र भोपाल जिल्लामा घटना भएको प्रहरीको भनाइ छ । 

उनीहरु मध्ये कतिपय विद्यार्थीले घरको ‘सिलिङ फ्यान’मा झुण्डिएर आत्महत्या गरेका र कतिपयले विषालु पदार्थ खाएर आत्महत्या गरेको अनुसन्धानबाट पुष्टि भएकोछ । परीक्षाको नतिजा राम्रो नआएपछि भारतमा यसरी आत्महत्या गर्ने घटना  यसअघि पनि भएका थिए ।

प्रदेशस्तरीय परीक्षामा राम्रो नतिजा ल्याउन बाबुआमाले दवाव दिनेगरेकाले राम्रो नतिजा नआएपछि विद्यार्थीहरुले आत्महत्या गरेका हुन् । पश्चिमी राजस्थान प्रदेशको कोटा सहरमा पछिल्लो पाँच वर्षमा मात्रै ७० भन्दाबढी विद्यार्थीले यस्तै अपेक्षित नतिजा नआएपछि आत्महत्या गरेका थिए ।

आत्महत्या

विशेष