News

राष्ट्रपतिद्वारा कोलम्बोमा वृक्षारोपण

शीतलप्रसाद महतो

राष्ट्रपतिद्वारा कोलम्बोमा वृक्षारोपण

श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गरेकी छन्। विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोपेकी हुन। सो अवसरमा उनले उद्यानको अवलोकन पनि गरिन्।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा हस्ताक्षर गरिन्। उनले दुईवटा बिरुवाको नामकरण पनि गरेकी थिइन्।कोलम्बोबाट राष्ट्रपति भण्डारी श्रीलङ्काको वायु सेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आपुगेकी हुन्।

यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र वीरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन्। राष्ट्रपति भण्डारीका साथ भ्रमणदलमा रहेका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा। मदनकुमार भट्टराई पनि सहभागी रहेका छन्। रासस

विशेष