News

निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता - कार्यबाहक राष्ट्रपति पुन

निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता - कार्यबाहक राष्ट्रपति पुन

कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण एवं ऐतिहासिक रुपमा सम्पन्न भएमा सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अाइतबार एक सन्देश जारी गर्दै पहिलो चरणको निर्वाचन सम्पन्न गरकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चाकर्मी, पर्यवेक्षक र स्वयमसेवकलगायत धन्यवाद ज्ञापन गरेका हुन् ।

‘नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।' उनले अगाडि भनेका छन्, 'स्थानीय तहको पहिलो चरणको निर्वाचन महाउत्सवको रुपमा जसरी सम्पन्न भयो, त्यसैगरी दोस्रो चरणको निर्वाचन पनि साँच्चिकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास लिएको छु । सरकार, राजनीतिक दललहरु आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट समस्याहरु समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा विश्वास व्यक्त गर्दछु ।’

स्थानीय तह देशको समृद्धि र सुदृढ् लोकन्त्रको आधार स्तम्भ भएकोले यस निर्वाचनले लोकतन्त्रलाई सुदृढ् गर्नुका साथै समृद्धिको ढोका समेत खोल्ने विश्वास पुनको छ ।

नन्दबहादुर पुन

विशेष