News

७१ प्रतिशत मत खस्यो - निर्वाचन अायोग

७१ प्रतिशत मत खस्यो -  निर्वाचन अायोग

निर्वाचनले आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको जनाएको छ। तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानमा औसत ७१ प्रतिशत मतदान भएको आयोगले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको बताए।

काठमाडौंमा करिब ७० प्रतिशत मत खसेको छ भने नवलपरासीको नवलपुर क्षेमा ७५ प्रतिशत मत खसेको छ । मकवानपुरमा पनि ७० प्रतिशत नै मत खसेको आयोगले जनाएको छ ।

यस्तै स्याङ्जा, नुवाकोट र पर्वतमा ७० प्रतिशत भन्दा बढी मत खसेको जनाइएको छ भने रसुवामा ८१ प्रतिशत मत खसेको छ ।  बिहान ७ बजेदेखि अपराह्न ५ बजे सम्मका लागि मतदानको समय तय गरिएको थियो । आइतबार मतदानमा काभ्रेको नमोवुद्ध र दोलखाको मेलुङ गरी दुई वटा मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको छ ।

विशेष