News

काठमाडौँमा ४५ प्रतिशत मतदान

काठमाडौँमा ४५ प्रतिशत मतदान

काठमाडौँ: बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।

जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराए । उनले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताए । उनका अनुसार मतदाताले बिहानदेखि मतदान गर्नका उत्साहपूर्वक लाइनमा बसेर मत खसालिरहेका छन् ।

जिल्लामा कुल छ सय ८७ मतदान केन्द्र छन् । यहाँ कुल पाँच लाख ५९ हजार चार सय मतदाता छन् । आज हुने निर्वाचनले सात सय १२ जनप्रतिनिधि चयन गर्नेछ ।

 

विशेष