News

काठमाडौंः ५२ मतबाट १० मत बदर

काठमाडौंः ५२ मतबाट १० मत बदर

काठमाडौं महानगरपालिकामा मत गणना भइरहँदा ५२ मतमध्ये १० मत बदर भएको छ ।

मतपत्र ठूलो भएको र स्वस्तिक छाप लगाउने स्थान सानो भएकाले ठूलो संख्यामा मत बदर भएको बताइएको छ ।

काठमाडौं महानगरमा मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्य, कांग्रेसबाट राजुराज जोशी, माओवादी केन्द्रबाट सर्वोत्तम डंगोल, नयाँ शक्तिबाट पवित्र बज्राचार्य, विवेकशीलबाट रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापा उठेका छन् ।

विशेष