News

भरतपुर महानगरपालिकामा मतगणना सुरु

भरतपुर महानगरपालिकामा मतगणना सुरु

चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

पछिल्लो पटक बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगको निर्देशिकामा उल्लेख भए अनुसार अन्तिम निर्णय गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो ।

आइतबार साँझ मतदान सकिएपछि उठाइएको मुचुल्काअनुसार मतपत्रको संख्या मिले त्यसलाई स्वीकार्ने नत्र बहिष्कार गर्ने दलहरुको अडान र निर्वाचन प्रतिनिधिले केही भोट तलमाथि भए पनि त्यसलाई नै मान्यता दिनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमती जुट्न नसक्दा मतगणना सुरु हुन ढिलो भएको थियो ।

यसअघी तत्काल मतगणनाको माग गर्दै मतगणना परिसरमा दलका कार्यकर्ता तथा स्थानीयले नाराबाजी गरेका थिए ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उठेकी छन् । दाहाललाई कांग्रेसले सहयोग गरेको छ ।

 

चितवन भरतपुर महानगरपालिका

विशेष