यमनमा सङ्कटकालको घोषणा

सानाः सिया विद्रोहीहरुको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले जनाएका छन् ।
हुथी विद्रोही समूहद्धारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर्राष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरिएको जानकारी दिनु भएको छ । ‘इन्टर नेसनल कमिति अफ द रेड क्रस’का अनुसार गत अप्रिल २७ बाट शनिबारसम्म यस हैजाको कारण ११५ व्यक्तिको मृत्यु भईसकेको छ ।
यस प्रकोपको कारण ८ हजार ५ सय विरामी परेका छन् । अरब विश्वको यस गरिब राष्ट्रमा एक बर्ष भन्दा कम समयमा दोस्रो पटक हैजाको प्रकोप सुरु भएको बताइएको छ । एएफपी
यमन