२४३ तहमा मतगणना जारी, ३८ सुरु गर्ने तयारी

२४३ तहमा मतगणना जारी, ३८ सुरु गर्ने तयारी

काठमाडौँः निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २८१ तहमा भएको निर्वाचनमध्ये २४३ तहमा मतगणना भइरहेको जनाएको छ। दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ।

निर्वाचन आयोगका अनुसार प्रदेश नं.३ का ११०, प्रदेश नं. ४ का ७९ र प्रदेश नं. ६ का ५४ तहमा मतगणना भइरहेको छ । बाँकी ३८ तहमा मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ।

त्यस्तै मौसमको प्रतिकूलता र भौगालिक जटिलताका कारण हुम्लाका छ तह र रुकुमको १ तहमा भने अझै पनि मतपेटिका सङ्कलन गर्न सकिएको छैन्। आइतबार प्रदेश नं. ३ का ११९, प्रदेश नं। ४ का ८४ र प्रदेश नं. ६ का ८८ तहमा पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो। थोरै मतदाता भएका स्थानीय तहमा भने निर्वाचन परिणामसमेत आउन सुरु भइसकेको छ। 

मतगणना

संम्बधित खबर

विशेष