विदेश

साइबर आक्रमणबाट दुई लाख कम्प्युटर प्रयोगकर्ता पीडित

साइबर आक्रमणबाट दुई लाख कम्प्युटर प्रयोगकर्ता पीडित

जेठ १ । युरोपोलका कार्यकारी निर्देशक रब बेनराइटले विश्वका करिब १५० भन्दा बढी राष्ट्रमा भएको साइबर आक्रमणबाट विश्वभरका करिब दुई लाख कम्प्युटर ग्राहक पीडित बनेको बताएका छन् ।

युरोपियन युनियनको सुरक्षा निकाय युरोपोलका अनुसार माइक्रोसफ्टको सिस्टममा रहेको कमजोरीको फाइदा उठाई ‘ह्याकर’ले विश्वभरका कम्प्युटरमा आक्रमण गरेको र यसलाई पुनः सञ्चालन गर्न तीन सय अमेरिकी डलर माग गरेका छन् ।

अमेरिकी सुरक्षा नियकाले आतङ्ककारीविरुद्ध ह्याकिङ गर्न विकास गरेको कम्प्युटर प्रोग्रामको प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही देशका कम्प्युटर प्रयोगकर्ताले आफ्ना फाइललाई पुनः सञ्चालन गर्न फिरौती रकम बुझाएका भएपनि अवस्था भयावह भएको युरोपोलले जनाएको छ ।
बेनराइटले साइबर अपराध नियन्त्रण गर्न संसारभर वार्षिक रुपमा करिब २०० कार्यक्रम सञ्चालनमा ल्याए पनि अपराध नियन्त्रणमा अपेक्षाकृत कमी आउन नसकेको बताए ।

पछिल्लो तथ्याङ्कअनुसार १५० भन्दा बढी देशका दुई लाख कम्प्युटर प्रयोगकर्ता रहेका र यसमध्ये कैयौं व्यवसायिक र ठूला कम्पनीहरु परेको थाहा हुन आएको छ ।

साइबर आक्रमणको शिकार हुनबाट युरोपेली बैंकहरु भने सुरक्षित रहेको बताइएको छ ।

Cyber Haker

विशेष