यस्तो छ काठमाडौंका चार नगरपालिकाको पछिल्लो मत परिणाम

यस्तो छ काठमाडौंका चार नगरपालिकाको पछिल्लो मत परिणाम

काठमाडौँः काठमाडाैँ उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाउनुभएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले जानकारी दिए । उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले पाँच मत प्राप्त गरेका छन्। कागेश्वरी मनोहरा नगरपालिकामा ९०० मतको गणना सकिँदा काँग्रेसका उपेन्द्र कार्कीले ३७२, एमालेका कृष्णहरि थापाले २१५, नेकपा (माओवादी केन्द्र)का महेश्वर फुयाँलले १४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले १५ मत प्राप्त गरेका छन्।

यसैगरी, उपप्रमुखमा काँग्रेसका अनिता अधिकारीले ३६९, एमालेका बिन्दु सिम्खडाले २१५, माओवादीका रुकु रणपालले ११८ र राप्रपाका कुस्मा नगरकोटीले २० मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । शङ्खरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले ६६६, माओवादी केन्द्रका कृष्णराज सुवेदीले ४६०, काँग्रेसका शङ्कर तिवारीले ३४२, स्वतन्त्र उम्मेदवार ठाकुरप्रसाद खनालले १३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६० मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए।

उपप्रमुखमा एमालेका शुक्रलक्ष्मी श्रेष्ठ ७१४, माओवादी केन्द्रका इन्द्रकुमारी तामाङ ५१५, नेपाली काँग्रेसका मञ्जु खड्काले २९९ र राप्रपाका बेली तामाङले ७९ मत प्राप्त गरेका छन् । बूढानीलकण्ठ नगरपालिकामा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५, माओवादी केन्द्रका रवीन अधिकारीले २४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा एमालेका रमादेवी राईले ८७५, काँग्रेसका सुभद्रा खड्काले ५७१, माओवादी केन्द्रका होमकुमारी दुलालले २७३ र राप्रपाका सावित्रा थापाले ४६ मत प्राप्त गरेकाे नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । चारैवटा नगरपालिकामा एउटै वडाको पनि मतगणना नसकिएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संम्बधित खबर

विशेष