News

लमजुङमा मतगणना सुरु

लमजुङमा मतगणना सुरु

लमजुङः लमजुङमा मध्यान्हदेखि मतगणना सुरु भएको छ । बिहान सर्वपक्षीय बैठक बसेर मतगणनाका क्रममा आउन सक्ने समस्या र गर्नुपर्ने कार्यहरुको विषयमा छलफल गरेपछि मतगणना सुरु भएको हो ।

बेसीशहर, सुन्दरबजार, मध्यनेपाल र राईनास नगरपालिका सवै स्थानमा मध्यान्ह पछि मतगणना सुरु भएको हो । क्होँलासोथर, मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिका मध्येका मस्र्याङ्दीमा बिहान ९ बजेदेखि सुरु भएको थियो भने दोर्दी र दूधपोखरीमा पनि मध्यान्ह देखि नै सुरु भएको हो ।

जिल्लामा महिला ५५ हजार २ सय ६५ र पुरुष ५० हजार ७ सय २७ गरि कूल १ लाख ५ हजार ९ सय ९२ जना मतदाता रहेकोमा ७३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिना बताए ।

विशेष