प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीवार राजीनामा दिने तयारी गर्दे
सरकारका एक मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनभित्र राजीनामा दिने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।
खानेपानी तथा सरसफाई मन्त्री दीपक खड्काले प्रधानमन्त्री दाहालले बिहीबार साँझ राजीनामा गर्ने बताए । राजीनामापछि दुई तिहाई वहुमत सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन हुने जानकारी पनि उनले दिए ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व छोडिने बताए । वर्तमान सरकारको गठबन्धन पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिका साथ निर्माण भएको थियो ।